समाज

५ हजारलाई रोजगारी दिने : बालेन साह

काठमाडौं, असार काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्।नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै […]

बाढी पहिरोमा बेपत्ता २० जनाको अवस्था अझै अज्ञात

विराटनगर, असार । तीन दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी बेपत्ता भएका सङ्खुवासभाका तीन स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि हिजो साँझ एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको […]

अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं,असार। मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ।सोमबार एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा पाइन्छ। यस्तै, मंगलबार क्यानेडियन डलर एकको खरिदमा […]

पोखरा विमानस्थलमा भोलि पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, असार । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो ।चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक […]

सुनको भाउ घट्यो

काठमाडौं, असार । मंगलबार सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११२ हजार २५० र चाँदीको मूल्य १४ सय ३० […]

अख्यिारमा १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी

काठमाडौं,असार। राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा […]

संखुवासभाको हेवा खोलामा आएको बाढीले एक जनाको मृत्यु, १६ सम्पर्कविहीन

संखुवासभा, असार । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् […]

भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

काठमाडौं, असार । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ ।आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउाछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार […]

लुम्बिनी प्रदेशले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउदै

बुटवल, असार।  लुम्बिनी प्रदेश सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट पेश गर्दैछ । प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्ने भएका हुन् ।चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटाउँदै सरकारले झन्डै ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको […]

सुनको भाउ तोलामा ८ सय रूपैयाँले बढ्यो

काठमाडौं,असार । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।बिहीबार छापावाल सुनको […]