यो साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार

यो साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार
Spread the love

काठमाडौं,असार । यो साता सेयर बजारका लागि निकै उत्साहपूर्ण बन्यो । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५।४६ अङ्कले बढ्दै २१ सय ५०।९९ अङ्कको विन्दुमा उक्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४।७५ अङ्कले बढ्दै २ हजार ५०।७८ अङ्कको बिन्दुमा रोकिएको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो कारोबार दिन नै ६२।२१ अङ्कले बढ्न पुगेको थियो । यस्तै दोस्रो दिन ११।६९ अङ्कले बढेको नेप्से सूचक तेस्रो दिन अर्थात् असार १२ गते पुनः ५६।९४ अङ्कले बढ्दै २१ सय ८६।३६ अङ्कको बिन्दुमा उक्लियो । तर, साताको अन्तिम कारोबार दिन बुधवार भने नेप्से सूचक ३५।३७ अङ्कले घट्दै २१ सय ५०।९९ अङ्कको विन्दुमा ओर्लियो । आइतबारदेखि बिहीबारसम्म सातामा कूल ५ दिन सेयर कारोबार हुने भए पनि यस साता बिहीबार सार्वजनिक बिदा परेकाले चार दिन मात्र कारोबार भएको हो ।
२३ अर्बमाथिको कारोबार
उसो त ९५ अङ्क माथिले नेप्से बढ्दै गर्दा यस साता कारोबार रकम समेत बढेको छ । अघिल्लो हप्ता सवा २० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यससाता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो साता जम्मा १३ अङ्कले मात्र नेप्से सूचक बढ्दै गर्दा कूल २० अर्ब १४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
१ खर्ब ३९ अर्बले मार्केट क्यापिटलाइजेशन बढ्यो
यो साता नेप्से सूचकसँगै कारोबारमा समेत बढेसँगै यता मार्केट क्यापिटलाइजेशन ९धितोपत्र बजारको पुँजीकरण० समेत बढेको छ । यो साता कूल १ खर्ब ३९ अर्ब ७० करोड २० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले जनाएको छ । अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन २४ अर्ब २३ करोड १० लाख रुपैयाँले बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ कायम भएको थियो ।