मनोरञ्जन

रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक

बागलुङ। गायक तथा सर्जक रबी कार्की को चरी बाँसैमा बोलको गीत सार्वजनिक भएको छ। उनलाई चर्चित गायिका कमला पोख्रेलले साथ दिएकी छिन्। गीतमा प्रविन खत्रीको शब्द र सुमधुर संगित रबी कार्कीको रहेको छ उत्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गरेका छन् भने गीतको भिडिओमा रवी काकी र इस्मारीका ढकालको अभिनय रहेको छ। भिडिओलाई भुपेन […]

सलमान खानलाई ज्यान मार्ने धम्की

काठमाडौं । मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की दिनेले आफ्नो नाम […]

जी-बबको गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

चैत २८, काठमाडौं । पछिल्लो समयका चर्चित र्‍यापर जी-बबको स्वरमा रहेको गीत ‘भाग भाग न दे अब धेरै धाक’ रिलिजको केही घण्टामै नेपालमा युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ । फिल्म ‘ए मेरो हजुर ४’मा समावेश यो गीतमा जी-बबसहित फिल्मका प्रमुख कलाकारहरु सुहाना थापा, अनमोल केसी, नीराजन प्रधान फिचर्ड छन् । गीतलाई आइतबार मध्यान्हसम्म ८ लाख […]

विल स्मिथलाई ओस्कारमा १० वर्षसम्म भाग लिन प्रतिबन्ध

हलिउड अभिनेता विल स्मिथलाई पछिल्लो १० वर्षदेखि ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हास्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो। यसबाहेक, स्मिथलाई आगामी दशकको लागि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सका कुनै पनि कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाइनेछ। यो जानकारी एकेडेमीको पत्रमा दिइएको छ । तथापि, […]

फेरि अन्योलमा चलचित्र बजार

काठमाडौं : कोरोना सङ्क्रमण घटेसँगै चलचित्र क्षेत्र पनि चलायमान हुन थालेको थियो तर अहिले फेरि सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ । यसको असर चलचित्र क्षेत्रले पनि भोग्नु नै पर्नेछ । यस विषयमा चर्चा गर्दा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’को चर्चा वाञ्छनीय हुन आउँछ । यस चलचित्रले दर्शकको धेरथोर माया जित्न सफल भएको छ । यसभन्दा […]

भुवा नाच (भस्वो) प्रति स्थानीयको आकर्षण घट्दो

बझाङ : कौरव र पाण्डवको युद्धको सम्झनामा मनाउँदै आएको सुदूपश्चिमको प्रसिद्ध भुवा (भस्वो) पर्व बझाङका विभिन्न गाउँमा सञ्चालन भइरहेका छन् । बालबालिकादेखि वयोवृद्धहरुलाई पनि नचाउने भुवा पर्व बझाङलाई पनि केही गाउँमा सुरु भएको भए पनि पछिल्लो समयमा भुवा(भस्वो)पर्वको रौनक विगतका वर्षहरुभन्दा घट्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न गाउँ गाउँमा मनाइने भुवो पर्व पछिल्लो […]

पनामा प्रकरणमा ऐश्वर्यामाथि सोधपुछ

काठमाडौं : बहुचर्चित पनामा पेपर प्रकरणमा सोमबार बलिउड अभिनेत्री ऐश्वर्या रायलाई भारतको इन्फोर्समेन्ट डिरेक्टरिए (ईडी) ले दुई घण्टा लामो सोधपुछ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ट्याक्स हेभन भनेर चिनिने पनामामा सम्पति लुकाएको आरोप लगाउँदै इडीले यसअघि पनि ऐश्वर्यालाई दुईपटक पत्र पठाएर सोधपुछका लागि बोलाएको थियो। ऐश्वर्याले आफूमाथि लागेको आरोप झुठो रहेको बताउँदै आएकी थिइन् । […]

नायिका रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

काठमाण्डौँ, मङ्सिर १५ (ई-रैवार)   नेपाली सिनेमाकी चरमचित नायिका रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्। आज बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएको छ। काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन्। तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी […]

भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

मुम्बई, कात्तिक २६ (ई-रैवार)   अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् । उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी […]

आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’

काठमाडौं, कात्तिक २४ (ई-रैवार) समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहकोतस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ । समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन । जसका कारण डिर्भाेस भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे […]