बिशेष जानकारी

इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं असोज। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै […]

सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी

काठमाडौं असोज। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।मनोनयन दर्ता मंगलबार साढे १२ बजेदेखि ६ बजेसम्म चलेको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान […]

अक्टोबर ५ देखि डिभी लोटरी २०२४ भर्न सकिने, पासपोर्ट नचाहिने, ध्यान दिनुपर्ने ५ कुरा

आगामी अक्टोबर ५ देखि डिभी भर्न सकिने भएको छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । डिभी २०२४ का विजेताहरुले सन् २०२४ को […]

काठमाडौंमा सार्वजनिक शौचालयको संकेत

  काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय थाहा पाउन संकेत चिन्ह तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो। संकेत चिन्ह राखेपछि प्रयोगकर्तालाई शौचालयबारे जानकारी हुने बताइएको छ। मेयर बालेन शाहका अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह […]

मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं बैशाख, १७ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने […]

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

वैशाख २ , काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरु डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण […]

पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित

चैत २७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ । आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप […]

भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो, संक्रिय संक्रमित १० लाख

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या […]

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, प्रजिअ शर्मा भन्छिन्- जानकारी छैन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन् । युवा संघले भक्तपुर बालकोटस्थित […]

घट्यो नेपालको जनसंख्या वृद्धिदर, किन पुगेन तीन करोड ?

काठमाडौँ : नेपालको जनसंख्या वृद्धिदर घटेको छ । तथ्यांक विभागले बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भनेर धेरैले ‘तीन करोड नेपाली जनता’ भनिदिन्थे। २०७८ मा हुने […]