पोखरा भदौ। बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट नेपालगञ्जका लागि भरेको हो। पहिलो उडानमा ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडेको थियो। बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट […]
समाज
ग्यास अभावले बन्द हुने अवस्थामा काठमाडौंका होटल-रेस्टुरेन्ट
काठमाडौं भदौ। काठमाडौं नयाँबानेश्वर खाजा पसल चलाइरहेका रमेश भण्डारीलाई एक महिनाअघि तात्तातो मस्म, चाउमिन र आलु, चना लगायत परिकार पस्कन भ्याइनभ्याइ हुन्थ्यो । तर, एक महिनादेखि रमेशको खाजाघरको रौनकता हराएको छ । भान्सामा धेरै परिकार पाक्न छाडेका छन् । कारण हो- बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको हाहाकार ।ग्यासको धेरै समस्या भयो, अहिले खाजाको मेनु […]
दसैँ–तिहारलाई २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति
काठमाडौं भदौ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई २५ हजार टन चिनी खरिद गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार १ प्रतिशत भन्सार शुल्क लिई दुई संस्थानलाई चिनी आयातको अनुमति दिइएको हो । सरकारले अहिले चिनीमा १५ प्रतिशत भन्सार महसुल तोकेको छ । सरकारले आयात स्वीकृति […]
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं भदौ। सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बाढी प्रभावित सबै क्षेत्रमा टेलिकमको सेवा पूर्ण रूपमा सुचारु
काठमाडौं भदौ। गत भदौ १० गतेको विनाशकारी बाढीले सञ्चारविहीन बनेका रसुवा, नुवाकोट र धादिङका सबै प्रभावित क्षेत्रमा नेपाल टेलिकमले आफ्नो मोबाइल नेटवर्क पूर्ण रूपमा पुनःसञ्चालन गरेको छ। नेटवर्क सञ्चालनमा आएसँगै ती क्षेत्रमा जारी राहत तथा उद्धार कार्यमा सहजता मिलेको छ। सडक र विद्युत् अवरुद्ध भएको विषम परिस्थितिमा टेलिकमले सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिक, उपकरण, जेनेरेटर र […]
भोटेकोशी बाढीका कारण चार जिल्लामा साढे सात हजार निजी घर क्षतिग्रस्त
काठमाडौं भदौ। नेपाल-चीन सिमा क्षेत्रमा हिमपहिरोका कारण सिर्जित भनिएको भोटेकोशीको भीषण बाढीका कारण नेपालका चार जिल्लामा हजारौँ निजी घरहरू ध्वस्त भएका विवरण आएका छन्। विस्थापित हजारौँ मानिसहरूलाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।भोटेकोशी बाढीका बेला विशाल ऊर्जासहित तीव्र वेगमा उर्लिएको पानी, चट्टान, तथा […]
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो
काठमाडौं भदौ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक÷एक करोड […]
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनका ५५७ जना अझै सम्पर्कविहीन
काठमाडौं भदौ । भोटेकोशी नदीमा भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी […]
बाढीमा चेक र एटीएम कार्ड गुमाएकालाई सहज बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं भदौ ।भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्मा परी चेक, एटीएम कार्ड, मोबाइल र अन्य आवश्यक कागजात गुमाएका पीडितलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकिन गरी तत्काल आवश्यक […]
सहुलियत दरमा बिजुली उपलब्ध गराउँछौं : ऊर्जमन्त्री श्रेष्ठ
काठमाडौं भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने बताएका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत भने सरकारले बिजुलीमा ५ प्रतिशत र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाएको छ । नेपाल विद्युत् प्राधिकरणको ४१ औं वार्षिकोत्सवमा उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारको मात्र लगानी नभई ठूलो पुँजी आवश्यक रहेको […]


