सियोल कात्तिक। उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटलाई लिएर तनाव बढिरहेका बेला यस्तो घोषणा गरेका हुन्। किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पीकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञानिक […]
समाज
दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
काठमाडौं कात्तिक। बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो। कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको […]
रारामा ४५ करोडको आयोजना अलपत्र
सुर्खेत कात्तिक । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सञ्चालन गरिएको ४५ करोड रुपैयाँभन्दा बढीको आयोजना अलपत्र परेको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति २० प्रतिशत मात्रै पुगेको छ भने निर्माण व्यवसायीलाई ३२ प्रतिशत भुक्तानी दिइसकिएको छ । निर्धारित समयसीमा सकिएपछि म्याद थपको प्रक्रिया […]
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
मुस्ताङ कार्तिक । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन्। कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ […]
तातोपानी नाका खुलेपछि दसैंका सामान भित्र्याउन व्यवसायीलाई हतारो
काठमाडौं कात्तिक । नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आइतबार नाकाको गेट खोलेको हो। यद्यपि, गेट खुले पनि समाचार तयार पार्दासम्म कन्टेनरको आवतजावत सुरु भइसकेको थिएन। ‘गेट खोलिएको छ, आज भर्खरैबाट नाका खुलेको हो। कन्टेनर आउजाउ भने भइसकेको छैन। एक घण्टा लाग्ला, […]
४ प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन, अन्तिम चरणमा ३ आयोजना
काठमाडौं कात्तिक । निर्माणाधीन अवस्थामा रहेका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन अन्तिम चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये तीन आयोजना निर्माण सम्पन्न भई चार्ज गर्ने तयारी भइरहेको छ भने एउटा ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ […]
देशभरि चल्ने सवारीसाधनबाट सरकारले वर्षमा कति उठाउँछ कर ?
काठमाडौं कात्तिक नेपालमा साढे ६२ लाखभन्दा धेरै सवारीसाधन दर्ता छन् । यी सवारीसाधनबाट सरकारले कर संकलन गर्छ । पछिल्लो व्यवस्था अनुसार सवारीसाधन कर प्रदेश र स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र पर्छ । यस्तो कर परिचालनलाई व्यवस्थित गर्न अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले एकल कर प्रशासनको व्यवस्था गरेको छ ।सोही अनुसार राष्ट्रिय प्राकृतिक स्रोत […]
चितवनमा ३० करोड बढी खसीको व्यापार
चितवन कात्तिक । दसैँमा जिल्लामा ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन्।दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ। मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ। अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ। […]
इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
काठमाडौं असोज। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै […]
आकासिँदै तरकारी र खाद्यान्नको भाउ, दसैंमा मर्कामा उपभोक्ता
काठमाडौं असोज। चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाउ बढेको व्यवसायी तथा उपभोक्ताकर्मीको भनाइ छ । दसैंमा उच्च खपत हुने खसीको मासुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो २ सयसम्म बढेको छ । गत असारमा कुखुरामा बर्डफ्लु फैलिएसँगै उकालो लागेको […]


