अन्तर्वार्ता

जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्

डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट सहयोग गर्ने हो । जुन डोटीमा प्रदीपजी(जिल्ला सभापति प्रदीप देउवा) र रामप्रसादजी(रामप्रसाद उपाध्याय)ले देखाउनुभएको छ […]

‘सत्याग्रही डाक्टर’: जसले डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’ जगाए !

‘मेडिकल कलेज सपना !’ सुदूरपश्चिम पहाडमा त्यसअघि ‘कल्पना’ समेत नगरेको विषय थियो । चुनावमा तमाम सपना बाँड्ने नेताहरुले समेत यो सपना बाँडेका थिएनन् । सोझासिधा जनताहरु यतिसम्म सोच्ने कुरै भएन् । अरूण बम डोटी भदौ १२: चिकित्सा क्षेत्रमा सुधारको माग गर्दागर्दै ‘सत्याग्रही डाक्टर’को छवि बनाएका डा. गोविन्द केसी २०७५ असार १६ गते जुम्लामा अनशन बसे […]

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाण्डौँ भदौ ८(ई-रैवार) ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ । सत्र खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष […]

दिपायलमा प्रहरीले सोध्योः ‘तपाईकोे मास्क खोई ?’

डोटी भदौ ८(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)को सन्त्रास अझै घटेको छैन् । ‘दोस्रो चरण’को संक्रमण उत्कर्षमा पुगेर केही कमी आएपनि संक्रमण फैलने दरमा अझै नियन्त्रण भने आईसकेको छैैन् । झन् ‘तेस्रो चरण’को खतराले ढोका ढक्ढक्याई सकेको छ । तर, भीड बेपरवाह बन्दै गएको छ । कतिसम्म भने सहरक्षेत्रको भीडमा मास्कको प्रयोग शुन्यतान्मूख छ । जसले जोखिमको […]

कार्तिकमै प–यो खप्तडमा हिउँ

डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गएराती सुदूरपश्चिमको मौसममा आंशिक बदली आएर हल्का पानी परेको थियो । सोही क्रममा खप्तडमा […]

प्रहरी हिरासतमा शंखास्पद मृत्यू

डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ । मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन् […]

सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए

डोटी मंसिर ३(ई-रैवार) मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला सहित कर्णाली प्रदेशका जिल्लाहरुमा समेत महशुस गरिएको छ । भूकम्पले डोटीका ग्रामीण क्षेत्रका घरहरुमा क्षती […]

लिपुलेक, कालापानी कब्जाः भारतीय विस्तारवादको पराकाष्ठा

लोकेन्द्र विष्ट भारत जस्तै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । विश्व समुदायको नजरमा नेपाल र भारत सहअस्तित्वमा रहन्छन र रहनु पनि पर्दछ । संयुक्त राष्ट्रसंघ प्रतिको आवद्धताले पञ्चशिलको सिद्धान्त अनुसरण गर्नु पर्ने र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । भौगोलिक सिमाना, आर्थिक अवस्था र राजनीतिक प्रभावले न कुनै राष्ट्र […]

बडिकेदारमा भक्तजनको घुँईचो

डोटी कात्तिक २३(ई-रैवार) धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् । उनीहरुको डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा दर्शन गर्न र मेला भर्न आईरहेका छन् । डोटीको दक्षिणी क्षेत्र […]

बस दुर्घटनामा ३५ घाईते

केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिकामा बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ बस शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा बिहान शनीबार बिहान पाँचबजेतिर दुर्घटनामा परेको हो । बस सडकबाट सेती नदीको बगरमा खसेको छ । दुर्घटनामा परी ३५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका […]