समाज

लुम्बिनी केबलकार आजदेखि सञ्चालनमा

बुटवल, जेठ । लुम्बिनी केबलकार बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आईएमई समूहको लगानीमा बनेको बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।लुम्बिनी केबलकार सञ्चालनमा आएसँगै […]

बुटवल उपमहानगरपालिका द्वार २९ वटा मासु पसलमा अनुगमन

बुटवल,जेठ । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसल र सप्लायर्समा अनुगमन थालेको छ । यस क्रममा जेठ १४ देखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट ससेज जफत गरी नष्ट गरेको छ । बुटवल […]

आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन भोलि

काठमाडौं,जेठ  लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि बिहीबार हुनेभएको छ । आईएमई समूहको लगानीमा बनेको केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिने बताए । भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना […]

कम्पनीको पासवर्ड ह्याक गरी ३५ लाखको हवाई टिकट ठगी

काठमाडौं,जेठ । काठमाडौंको सी लिङ्क्स होलिडेज नामक ट्राभल एजेन्सीमा विभिन्न एयरलाइन्सले आफूले काट्दै नकाटेका ३५ लाख रुपैयाँको टिकटको बिल पठाए । ती बिल पनि नेपालबाट हवाई यात्राका लागि काटिएका थिएनन् । भारत, चीन, कतार, यूएईलगायतबाट इराक जानका लागि काटिएका थिए । आफूले काट्दै नकाटेका टिकटबापतको बिल आएपछि एयरलाइन्सहरुमा कम्पनीले जानकारी माग्यो । त्यसपछि मात्रै पत्ता […]

नेपालबाट १० महिनाको अवधिमा ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात

काठमाडौं, जेठ । नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९र८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो ।विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको […]

एप्पलले ल्यायो १२ सय ९९ डलरको ल्यापटप

काठमाडौं, जेठ। एप्पलले रहेक वर्ष आयोजना गर्ने Wide Developers Conference  ले केवल एप्पलका फ्यानहरुको मात्र ध्यान खिच्दैन पूरै प्रविधि उद्योगले नै उक्त कार्यक्रमलाई निकै नै ध्यानपूर्वक हेरेको हुन्छ । नेपाली समय अनुसार सोमबार जून ५ को रातिदेखि सुरु भएको WWDC 2023  पनि विशेष रह्यो ।यसपटकको समारोहमा एप्पलले भर्चुअल रियालिटी हेडसेट देखि ल्यापटप उद्योगकै सबैभन्दा पातलो १५ इन्चको म्याकबुक सार्वजनिक […]

सुनको मूल्य घट्यो

काठमाडौं,फागुन । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ । सोमबार […]

फेरि अर्को शक्तिशाली भूकम्प

काठमाडौं , फागुन। टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय […]

भैरहवाबाट जजिराले उडान गर्ने

भैरहवा फागुन। कुवेतको जजिरा एयरवेजले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । जजिराले भैरहवाबाट पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा उडान गर्ने भएको हो । जजिराले यसअघिकै जस्तो हप्तामा ३ उडान गर्नेछ । मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने जनाइएको छ । तालिका अनुसार मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ […]

अक्टोबर ५ देखि डिभी लोटरी २०२४ भर्न सकिने, पासपोर्ट नचाहिने, ध्यान दिनुपर्ने ५ कुरा

आगामी अक्टोबर ५ देखि डिभी भर्न सकिने भएको छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । डिभी २०२४ का विजेताहरुले सन् २०२४ को […]