पोखरा,असार। पोखराको अर्चलबोटे चोकमा सिजी मोटर्सको सोरूमको उद्घाटन गरिएको छ। उक्त सोरूमको उद्घाटन नेपालका लागि चीनका राजदूत चेन सोङले गरेका हुन्। उद्घाटनपछि राजदूत सोङले नेपाल तथा चीनको अटुट सम्बन्धमा जोड दिनका साथै सिजी मोटर्सलाई सफलताको शुभकामना पनि दिए। समारोहमा सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए।उक्त कार्यक्रममा पोखराका लागि पहिलो इभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रोभ्यानको राजदूत सोङले हस्तान्तरण गरे। अब पोखरामा विद्युतीय गाडीको प्रयोग बढाउन सुझाव दिँदै उनले गाडी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको बताए। पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने कम्पनीले बाताएको छ।१७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरूका लागि पनि उपयुक्त रहेको कुरा सिजी मोटर्सका एक कर्मचारीले बताए।यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ।यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै गाडीभित्रको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ।
पोखरामा सिजी मोटर्सको सोरूम उद्घाटन


