WorldCup 2022

नेपालले आज फिलिपिन्सविरुद्ध खेल्दै

काठमाडौं, असोज २ (ई-रैवार) एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । फिफा वरियतामा ३३ स्थानमा रहेको फिलिपिन्सविरुद्ध नेपालका लागि चुनौती छ । तर पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । […]

अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं,  जेठ २९ (ई-रैवार) फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । नेपाली टोली पहिलो हाफमा १० […]

नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै

काठमाडौँ, जेठ २४ (ई-रैवार) नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै छ । सन् २०२२ को विश्वकप फुटबल र सन् २०२३ को एसिया कप दोस्रो चरणको छनोटअन्तर्गत नेपाल र जोर्डन भिड्न लागेका हुन् । कुवेतमा हुने खेल नेपाली समयानुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । नेपाल र जोर्डन यसअघि तीनपटक आमने/सामने भएका छन् […]

चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित

काठमाडौँ, जेठ २१ (ई-रैवार)  विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ ।  फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको हो । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले शनिबार इराकसंग खेल्ने

काठमाडौँ, जेठ १५ (ई-रैवार) नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकसंग  खेल्ने भएको छ । इराकको अल्फाहया रंगशालामा हुने खेलमा नेपाल र इराकविच मैत्रीपूर्ण फुटबल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ । इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाली टोलीले आफूभन्दा माथिल्लो स्तरको टोलीसँग खेल्न लागेको हो […]

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौँ,  मंसिर २ (ई–रैवार)  नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदै

काठमाडौँ, कार्तिक १३ (ई-रैवार) नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि हुँदैछ । बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको प्रशिक्षण आजदेखि हुने टीम व्यवस्थापक मधुसूदन उपाध्यायले बताएका छन्। नोभेम्बर १३ र १७ मा बंगलादेश राष्ट्रिय टोलीसँग नेपालले उसैको घरेलु मैदानमा दुई खेल खेल्नेछ। मंगलबार मात्रै एन्फाले बंगलादेश टुरका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई […]