सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो
Spread the love

काठमाडौं,असार  । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।