काठमाडौं भदौ । भोटेकोशी नदीमा भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी […]
फिचर
बाढीमा चेक र एटीएम कार्ड गुमाएकालाई सहज बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं भदौ ।भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्मा परी चेक, एटीएम कार्ड, मोबाइल र अन्य आवश्यक कागजात गुमाएका पीडितलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकिन गरी तत्काल आवश्यक […]
सुदूरपश्चिम प्रदेश : साढे ३ अर्ब नाघ्यो बेरुजु
धनगढी भदौ। सुदूर पश्चिम प्रदेशमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयमा बेरुजु रकम साढे ३ अर्ब नाघेको छ। महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय, कार्यालयलगायतका निकायमा अहिलेसम्म बेरुजु बढेर तीन अर्ब ५४ करोड पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ६० करोड रुपैयाँ बेरुजु थपिएको छ। यो बेरुजु […]
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक
काठमाडौं भदौ ।वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, […]
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व संकलन
काठमाडौं, साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व संकलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व संकलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ […]
वाणिज्य विभागको एक बर्से प्रगति : साढे २ करोड जरिबाना असुल
काठमाडौं साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ । विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन […]
पुँजीगत खर्च ४६.७९ प्रतिशत मात्रै
काठमाडौं साउन। आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकेन । सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएकामा ३१ असारसम्म १ खर्ब ९० अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यो वार्षिक लक्ष्यको ४६.७९ प्रतिशत मात्र हो । आव २०८२/८३ को पुँजीगत खर्च ६ […]
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
काठमाडौं साउन। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ। कोष सञ्चालक समितिको असार २३ गते बसेको बैठकले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी योगदान रकममा प्रदान गरिने ब्याज तथा विभिन्न प्रकारका सापटीमा लाग्ने ब्याजदर निर्धारण गरिएको हो।नयाँ व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना तथा संस्थागत एवं व्यक्तिगत अवकाश […]
१० निर्माण व्यवसायी कालोसूचीमा
काठमाडौं असार । सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा पर्नेहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको निर्माण कम्पनी ‘महादेव खिम्ती निर्माण सेवा […]
चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च
काठमाडौं असार। चालु आर्थिक वर्ष २०८२–०८३ मा सरकारको कुल खर्च ७८ प्रतिशत मात्र गरेको छ । बजेट खर्च गर्न पाउने अघिल्लो दिन अर्थात असार २४ गते बुधवारसम्म सरकारले बजेटको लक्षको ७८ प्रतिशत मात्र खर्च गर्न सेकेको हो ।चालु आ।व।का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा […]


