समाज

अमेरिकी डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौं,असार । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा […]

सुन र चाँदीको भाउ स्थिर

काठमाडौं,असार । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ । यसै मूल्यमा आइतबार समेत कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार चाँदीको […]

सेयर बजार स्थिर

काठमाडौं, असार । सोमबार सेयर बजारमा झिनो अंकको करेक्सन आउँदा नेप्से करिब स्थिर देखिएको छ । आइतबारभन्दा ०.८० अंकले घटेको बजार २०७६.९६ विन्दुमा रोकिएको छ । यो ०.०४ प्रतिशतको मात्र गिरावट हो ।सोमबार कारोबार रकममा भने सुधार भएको छ । सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ […]

बैंक तथा वित्तीय संस्थालाई शनिबार राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन

काठमाडौं,असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी दुई शनिबार राति ८ बजेसम्म बैंक खुला राखेर राजस्व संकलन कार्य गर्न निर्देशन दिएको छ । एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबारका दिन राजस्व संकलनका लागि सेवा बन्द नगर्न निर्देशन दिएको हो ।अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि […]

देशभर २७ प्रतिशत रोपाइँ

काठमाडौं,असार। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार २१ गते बिहीबारसम्ममा देशभर २६.७१ प्रतिशत रोपाइँ सकिएको हो। यो गत वर्षको सोही समयको तुलनामा भने १३ प्रतिशतले कम हो। गत वर्ष असार २१ गतेसम्ममा ४० प्रतिशत रोपाइँ सकिएको थियो। मन्त्रालयका अनुसार मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरू भएकाले धान रोपाइँ कम भएको हो। […]

नबिल बैंक लिमिटेडको २५६ औँ शाखा सञ्चालनमा

काठमाडौं,असार । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो । शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो ।शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए […]

नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट

काठमाडौं, असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर […]

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं,असार। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय […]

भारतबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा नेपाल भित्रियो

काठमाडौं,असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट १ अर्ब ५७ करोड रुपैयाँको केरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असारदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको केरा आयात भएको हो ।यस अवधिमा नेपालमा ६ करोड २१ लाख ६३ हजार किलोग्राम केरा आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई १९ करोड १२ लाख रुपैयाँ […]

एनसेलको लहानको शहिद चोकमा नयाँ सेन्टर सञ्चालनमा

काठमाडौं,असार। एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित उक्त सेन्टर सञ्चालनमा ल्याएको बताइएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरे। शुक्रबारदेखि यो सेन्टर सबै […]