कञ्चनपुर, कार्तिक २३ (ई-रैवार) कञ्चनपुरमा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले पारसमणि जोशी, केदार विष्ट दीपक भट्टलाई एकथान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका […]
अपराध
तस्करी भईरहेको साढे ३ किलो चरेश बैतडीमा बरामद
बैतडी, कार्तिक २२ (ई-रैवार) जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको सार्वजनिक जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको हो । बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ […]
कैलालीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, आठ जना पक्राउ
टीकापुर, कार्तिक १६ (ई-रैवार) कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए । रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् । जानकीका चार बालिका आफ्नै गाउँको अर्को […]
अछाममा धारिलो हतियार प्रहारगरी एक जनाको हत्या, एकजना घाईते
अछाम, कार्तिक ११ (ई-रैवार) धारिलो हतियारको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहारगरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका— ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको छन् । […]
कुटपिटबाट एक युवकको मृत्यु, दुईजना पक्राउ
बैतडी,कार्तिक ११ (ई-रैवार) कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु […]
जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक
धनगढी, कार्तिक ४ (ई-रैवार) प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र प्रहरी जवान साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई […]
वेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए
धनगढी, कार्तिक ४ (ई-रैवार) अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले वेपत्ता प्रहरी जवान […]
कञ्चनपुरको शुक्लाफाँटामा भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक
महेन्द्रनगर, कार्तिक २ (ई-रैवार) कञ्चनपुरमा भाउजुको हत्या गर्ने देवरलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिका ८ की कलावति खुनाको हत्या आशंकामा पक्राउ परेको मान सिह खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरमा पत्रकार सम्मेलन गरी खुनालाई सार्वजनिक गरिएको हो । शुक्लाफाँटा नगरपालिका–८ की ३५ वर्षिया रानाको असोज […]
धनगढी जुगेडा असई हत्या प्रकरणमा ११ जना शंकास्पद पक्राउ
धनगढी, कार्तिक २ (ई-रैवार) कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु रहेका छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रदेश […]
अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष, शव मोहनाबाट निकालीयो
धनगढी, कार्तिक २ (ई-रैवार) धनगढीको मोहना नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरिक्षक गोपिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको निष्कर्ष निकालेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रारम्भीक अनुसन्धानका क्रममा असई बिकको […]


