कञ्चनपुरको शुक्लाफाँटामा भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक

कञ्चनपुरको शुक्लाफाँटामा भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक
Spread the love

महेन्द्रनगर, कार्तिक २ (ई-रैवार)

कञ्चनपुरमा भाउजुको हत्या गर्ने देवरलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिका ८ की कलावति खुनाको हत्या आशंकामा पक्राउ परेको मान सिह खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरमा पत्रकार सम्मेलन गरी खुनालाई सार्वजनिक गरिएको हो । शुक्लाफाँटा नगरपालिका–८ की ३५ वर्षिया रानाको असोज २८ गते सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।

अघिल्लो दिन मृतक कलावति र खुना संगै माछा मार्न खोलामा गएका थिए । गाडिएको अवस्थामा रानाको शव भेटिएपछि उनीसंगै माछा मार्न गएका खुनालाई पक्राउ गरिएको थियो । प्रहरीले सार्वननिक गरेको २४ वर्षिय खुना मृतक कलावतिका सहोदर देबर हुन् ।

कालीदेबी खुनाको घाँटी च्यापी १५–२० मिनेटसम्म खोलाको पानीमा च्यापी हत्या गरी सोही खोला किनारको झाडीमा लुकाई छिपाई घर फर्केको र विहान फेरि गएर लाशलाई नदी किनार बालुवामा लुकाई आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

घरायसी सामान्य विवादले गालीगलौज गर्ने र दाईलाई कुरा लगाएर कुटाउने गरेकाले हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । उनका दाई प्रकाश खुनाले उनी विरुद्ध हत्या अभियोगमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइर्एको छ ।

प्रहरीले जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि १० दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए ।