धनगढी, कार्तिक ४ (ई-रैवार)
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले वेपत्ता प्रहरी जवान साउँदको शव शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई ) बिकको शव भेटिएकै क्षेत्रमा भेटिएको बताए ।
सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवान साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो ।
झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । अहिले घटना स्थल मुचुल्का बनाउने काम भइरहेकाले शव नदीबाट निकालिएको छैन् । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र जवान साउद वेपत्ता भएका थिए ।
असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।
विक विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन् ।
अभियुक्तहरुले सुरुमा प्रहरी जवान साउदकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।


