बैतडी,कार्तिक ११ (ई-रैवार)
कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले साउँदमाथि कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दलाई पक्राउ गरिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


