धनगढी, जेठ १५ (ई-रैवार) धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका […]
अपराध
प्रहरी चौकीभित्रै हतियारधारी समूहद्वारा आक्रमण, ५ जना प्रहरी घाइते
धरान, जेठ १४ (ई-रैवार) प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा ५ जना प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएको ८-९ जनाको समूहले सुनसरीको धरानस्थित अस्थायी प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गर्दा पाँच ५ प्रहरी घाइते भएका हुन् । प्रहरीका अनुसार ६ ओटा मोटरसाइकलमा आएको समूहले धरान–१५ बाझगर स्थित वडा समिति कार्यालयको अगाडि रहेको अस्थायी प्रहरी […]
डोटीमा एक महिलालाई जिउँदै आगो लगाइयो
डोटी, जेठ १३ (ई-रैवार) डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि वर्ष २८ कि लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो । राती करिब १२:३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त प्रहरीले जनाएको छ । उनको स्वास्थ्य […]
माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार, दुईजना घाइते
कपिलवस्तु, जेठ ६ (ई-रैवार) कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका हुन । गोली लागेर कपिलवस्तु घर भएका ३५ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएको […]
कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ
कैलाली, वैशाख १७ (ई-रैवार) कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले इलाका प्रहरी कार्यालय लम्कीको टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट कभिर देवकोटा, निसान […]
बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ
बाजुरा, वैशाख १२ (ई-रैवार) बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मन मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेका छन […]
सुनचाँदी व्यवसायीको हत्या, दुईजना पक्राउ
जनकपुरधाम, चैत २९ (ई-रैवार) सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनामा संलग्नमध्येका रामकृष्ण चौधरीलाई घटनास्थलबाटै र सूर्य सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । घटनामा संलग्नमध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता शालिग्राम […]
व्यापारीको हत्यामा संलग्न युवती सार्वजनिक, ‘सताउने गरेकाले हत्या योजना’
धनगढी, फागुन २० (ई-रैवार) व्यापारीको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्यामा संलग्न भएको अभियोगमा एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको हो । कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको जिल्ला […]
कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ
महेन्द्रनगर, फागुन १७ (ई-रैवार) प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार […]
दार्चुलामा चरेशसहित एकजना पक्राउ
दार्चुला फागुन १४(ई-रैवार) दार्चुलामा लागुऔषध चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका–१ का २५ वर्षीय मदनसिह ठेकरेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको जनाएको छ। सदरमुकाम खलंगास्थित बंगाबगडको एक होटलबाट ठेकरेलाई ५६ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए। ठेकरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।


