बाजुरा, वैशाख १२ (ई-रैवार)
बाजुरामा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मन मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेका छन । प्रहरीले पत्रकार सम्मेलन मार्फत थापा र शार्कीलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले उनिहरुलाई सुराकीको आधारमा चितुवा मारेर हड्डी दातँ र छाला बिक्रीका लागि भनेर राखेको अबस्थामा पक्राउ गरेको जानकारी दिएका छन ।
जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राउगरी उनिहरूबाट बरामत गरिएका १ थान छाला, ३ थान दातँ दुइटा खुट्टा र १ थान टाउको अस्थिरपन्चर जिल्ला बन डिभिजन कार्यालय बाजुरालाइ बुझाएको प्रहरी नायव उपरिक्षक महराले बताए ।
उनिहरूको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपिरक्षक महराले बताए । सोही नगरपालिकाबाट करिव १ बर्ष पहिले पनी चितुवाको छाला हड्डी दातँ र अन्य मृगका हड्डी सहित केही ब्यक्तीहरु पक्राउ परेका थिए ।


