धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जना पक्राउ

Spread the love

धनगढी, जेठ १५ (ई-रैवार)

धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका स्थायी घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रबिण ऐर, डोटीको पुर्वीचौकी गाउँपालिका ४ का २० वर्षीय अनिल कुवँर र कैलालीको घोडाघोडी नगरपालिका १ का १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित प्रतिक्षालयमा ती पुरूष रगताम्य अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जादाँ चार जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूले मृतक राति सुतीरहेको अवस्थामा उनको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगि कुटपिट गरी हत्या गरेको सीसीटीभी भुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन ।