अपराध

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी, साउन १२ (ई–रैवार)  बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका हुन । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय […]

कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

धनगढी, असार ३१ (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौना स्थित सिंहासन सामुदायिक बन उपभोक्ता समुहको भवन अगाडीबाट मंगलबार साझ प्रहरीले पाटे बाघको छाला सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर ५ सालघरीका ५२ वर्षीय […]

रेडपाण्डाको छालासहित धनगढीमा दुईजना पक्राउ

धनगढी, असार २३ (ई–रैवार) धनगढीमा दुर्लभ रेड पाण्डाको छालासहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपलिका–४, बोराडाँडीस्थित पण्डित मोटर्स वर्कसपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको एकथान छालासहित दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कसपका सञ्चालक भारतको मोतिहारी केशरीया थाना, गोछी कुशगर घर भएका ४१ वर्षीय […]

चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

धनगढी,असार २० (ई–रैवार) चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका –१३ का २१ वर्षीय सोमराज जोशी र धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरी रहेका छन् । प्रहरीले आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १ एलएन चोक सडकखण्डमा साईकलमा गइरहेका धनगढी–१३ का २१ वर्षीय सोमराज जोशीलाई अवैध […]

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

सुर्खेत, असार १६ (ई–रैवार) राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ […]

आफ्नै छोरीलाई बलात्कार पछि हत्या गरेको आरोपमा बुबा पक्राउ

धनगढी, असार ३ (ई-रैवार) आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा […]

श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने अभियुक्त पक्राउ

डोटी, असार १ (ई-रैवार) डोटीमा श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने एक अभियुक्तलाई प्रहरीले बीस दिनपछि पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा २० दिनदेखि फरार अभियुक्त सन्तोष भाटलाई पक्राउ गरेको हो । घरमा सुतिरहेको अबस्थामा श्रीमती र छोरीलाई जिउँदै आगो लगाउने डोटीको आदर्श गाउँपालिका-४ रोडि गाउँ बस्ने ३० वर्षीय सन्तोष भाट कैलाली […]

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुर, जेठ २८ (ई-रैवार)  कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले सामूहिक बलात्कार गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको बताए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका […]

भजनीबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

धनगढी, जेठ २३  (ई-रैवार)  भजनीबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कैलालीको इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भजनी नगरपालिका ३ जोशीपुर सडक खण्डको जोडिपिपल भन्ने स्थानबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार अनटेस्ट कालो रङ्गको पल्सर मोटरसाइकललाई रोकी […]

कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ

कञ्चनपुर, जेठ २२ (ई-रैवार) कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका १ भाँसीबाट म १ प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका दुई जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका १ भाँसीबाट म १ प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका १ का २४ वर्षीय श्याम पाल र […]