अपराध

चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

धनगढी, कात्तिक १३ (ई-रैवार)  कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको छ । जिल्ला प्रहरी […]

प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

कैलाली, कार्तिक ९ (ई-रैबार) प्रहरी हत्याका प्रकरणका ९ जना अभियुक्तलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्याका ९ जना अभियुक्तलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेको हो । मंगलवार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्याका अभियुक्त ९ जनालाई जन्मकैदको फैसला गरेको […]

कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

कञ्चनपुर, असोज ३० (ई-रैवार) लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ। चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ। कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन्। “मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका […]

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान, असोज २८  (ई-रैवार) मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी […]

धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ

धनगढी, असोज २४ (ई-रैवार) धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ३ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो […]

लागुऔषसहित एक महिला पक्राउ

धनगढी, असोज २१ (ई-रैवार) लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन […]

बैतडीमा हत्या आरोपमा दुई जना पक्राउ

बैतडी, असोज १८  (ई-रैवार) हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । दशरथचन्द नगरपालिका–५ दमरखोलीका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका हुन। गत भदौ १० गते […]

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर, भदौ २८ (ई-रैवार) कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका कठायतमाथी प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।

टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

धनगढी भदौ ७(ईरैवार) टीकापुर घटनालाई विद्रोह दिवस मान्दै कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते(आजकै दिन) टीकापुर घटना भएको थियो । सो दिनलाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो । संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकामा पर्ने बलिया चोकदेखि भल्का चोकसम्म विरोध र्‍यालीसहित प्रदर्शन […]

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

कञ्चनपुर, साउन १६ (ई-रैवार)  कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो । लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, ३७ वर्षीय तपेन्द्र स्वार र भारतको अदकटा सत्बानि बेगाउ थाना न्वावाबगंज उत्तरप्रदेश बरेली […]