कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ
Spread the love

कैलाली, वैशाख १७ (ई-रैवार)

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले इलाका प्रहरी कार्यालय लम्कीको टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट  कभिर देवकोटा, निसान भन्ने दीपक मल्ल, आरदिप शाही, मदन शाही र अछाम मङ्गलसेनकी अस्मिता भण्डारीलाई पक्राउ गरेको बताए ।

उनीहरूको साथबाट  १ थान पेस्तोल र लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिए ।

बिहीबार लम्की चुहा नगरपालिका वडा नं. २ मोतीपुर चोकमा गाडीबाट ओर्लिएका २ जनालाई भाडा माग्दा विवाद गरी पेस्तोल देखाएर उनीहरू फरार भएका थिए । बिहीबार राती नै प्रहरीले उनीहरूलाई पच्छाएको थियो । उनीहरूले छोडेको झोलामा प्रहरीले २ थान खुकुरी भेटाएको जनाएको छ ।

थप अनुसन्धान पछि शुक्रवार लम्की चुहा नगरपालिका २ मोतीपुर स्थित काशीराम देवकोटाको घरमा लुकेर रहेको अवस्थामा  पेस्तोलसहित ५ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लम्किका प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताए ।