सुचना प्रविधी

सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा […]

खुमलटारमा प्रचण्ड – नेपालबीच छलफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।  बुधबार बिहान प्रचण्डलाई भेट्न नेपाल उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ। पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्ने/नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद छ।  […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, कार्य सम्पादन समिति बैठकका एजेण्डाबारे छलफल हुने

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेकाे हाे। बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। यसअघि मंगलबार बसेकाे पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेकाे थियाे। बैठकमा स्थानीय तहको निर्वाचन, […]

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्वसभापति  कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्दै उनले पार्टीमा पु¥याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख […]

ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प छैन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’सहितलाई मंगलबार पार्टीमा स्वागत गदै उनले सो कुरा बताएका हुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, […]

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

काठमाडौँ : मतदाता नामावली संकलन आजदेखि स्थगित भएको छ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे हो। निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी […]

भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो, संक्रिय संक्रमित १० लाख

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या […]

कांग्रेस प्रवक्ता बने डा. प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् । नेता महत कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित भएपछि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने […]

कैलाली काँग्रेसद्वारा १५ जना जनप्रतिनिधि पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस

धनगढी : नेपाली काँग्रेस कैलालीले १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। नेपाली काँग्रेस कैलालीले तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो। नेपाली काँग्रेस कैलालका अनुसार १५ जना जनप्रतिनिधिले काँग्रेस त्यागेर अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेको भन्दै उनीहरुलाई पार्टीबाट पदमुक्त गरी जनप्रतिनिधि रहेको पद पनि खारेजीको […]

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सचिवालयका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा […]