सुचना प्रविधी

एमालेले आज पनि संसद अवरूद्ध गर्ने, हामीसँग कसैले कुरा गरेको छैन- नेम्वाङ

काठमाडौं : सत्तापक्षले आफूहरूसँग कुनै किसिमको छलफल नगरेको भन्दै नेकपा एमालेले आज पनि संसद्मा अवरोध गर्ने भएको छ । एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले आज बस्ने प्रतिनिधि सभा बैठकमा आफूहरूको अवरोध जारी रहने बताएका हुन्। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । “संसद् अवरोध कायम रहन्छ । हामीसँग कसैले कुरा […]

सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द

धनगढी : सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका छन्। नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् […]

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका हुन । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको सचेतक गुरुङले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल […]

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल हुन्छ कि हुँदैन ?

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन् । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने […]

एमसीसी भोलि संसद्मा टेबल गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसद्मा टेबल गर्ने निर्णय गरेको छ । कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । संसदीय दलको […]

मन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाउनुभएको छ । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर […]

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि

काठमाडौँ : सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ […]

सामाजिक सञ्जालमा गरिएको कमेन्टविरुद्ध मन्त्री आलेको अश्लील धम्की

धनगढी: सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएको टीप्पणीलाई लिएर संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगर ‘अश्लील धम्की’मा उत्रिएका छन् ।उनले निकै भद्दा शैलीमा अश्लील गाली गर्दै अङ्गभङ्ग गर्नेसम्मको धम्की गरेका छन् । उनले गालीसहित धम्की गरेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।हाल भारतमा रहेका नेकपा(एमाले)समर्थक अछामका युवा जगत ओलीले आफूले मन्त्री आलेविरुद्ध सामाजिक सञ्जालमा टीप्पणी […]

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक

काठमाडौं : कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । नेतृत्वविहीन अवधिमा अदालत कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफलका लागि कामु प्रधानन्यायाधीश कार्कीले फुल कोर्ट (पूर्ण बैठक) बोलाएका हुन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ […]

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

काठमाडौँ : स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अवसर प्राप्त भएको हो । नेपालको निर्वाचन इतिहासमा पहिलोपटक मतदान […]