भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्‍यो, संक्रिय संक्रमित १० लाख

Spread the love

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ।

महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या एकाएक बढेको थियो।  संघीय स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार १ सय ८५ जना संक्रमित फेला परेका छन्। जुन अघिल्लो दिनको तुलनामा २० हजारले कमि हो। अघिल्लो दिन भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका थिए। 

यस्तै विगत २४ घन्टा भित्र भारतमा १ लाख ७५ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन्। अघिल्लो दिन सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ९९ हजार ५४ रहेको थियो। 

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ।

महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितको संख्या एकाएक बढेको थियो।  संघीय स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार १ सय ८५ जना संक्रमित फेला परेका छन्। जुन अघिल्लो दिनको तुलनामा २० हजारले कमि हो। अघिल्लो दिन भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका थिए। 

यस्तै विगत २४ घन्टा भित्र भारतमा १ लाख ७५ हजार ३ सय ६ जना संक्रमणमुक्त भएका छन्। अघिल्लो दिन सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ९९ हजार ५४ रहेको थियो। एजेन्सी