सुचना प्रविधी

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमालेले बहिस्कार गर्ने

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने […]

एमसीसी अघि बढ्ने : संसद्मा पेस गर्न दाहाल-नेपाल मञ्जुर, यथास्थितिमा मतदान नगर्ने अडान

काठमाडौँ : सरकारले आगामी बुधबार एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि ‘तयार’ भएका हुन् । यथास्थितिमा एमसीसी सम्झौताका पक्षमा मतदान भने नगर्ने दाहाल–नेपालको अडान छ । प्रतिनिधिसभा बैठक बुधबारका लागि […]

प्रधानन्यायाधीश चोलेन्द्रमाथिको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको हो । एमाले सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै यस्तो प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि […]

स्थानीय तहको निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा : निर्वाचन आयोग

काठमाडौं : वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा थप दुई लाख युवाको मताधिकार सुनिश्चित भएको निर्वाचन आयोगले जनाएको छ । संविधान बमोजिम १८ वर्ष उमेर पूरा भएका नागरिकले संघीय कानून बमोजिम मतदानको अधिकार उल्लेख गरेको अवस्थामा अन्तिम नामावलीमा नाम समावेश गर्ने प्रयोजनका लागि १८ वर्षको उमेर पूरा हुने निर्दिष्ट मिति आयोगले परिवर्तन गरेसँगै […]

सभामुख सापकोटाद्वारा साेमबारका लागि सर्वदलीय बैठक आह्वान

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् […]

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरामाथि लगाइए २१ आरोप

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट आइतबार संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको नेकपा (माओवादी केन्द्र) का सचेतक देव गुरुङले जानकारी दिए । प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, […]

एमसिसीबारे निर्णय गर्न फोनमार्फत प्रचण्डको ओलीलाई आग्रह

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बिहिवार साँझ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् । फोनवार्तामार्फत दहालले ओलीलाई एमसिसीबारे आवश्यक निर्णय लिन आग्रह गरेको एमाले स्रोतले जनाकारी दिएको छ । प्रचण्डले ओलीलाई फोनमार्फत एमसिसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले एमसिसीबारे एमालेले निर्णय नगरी नहुने […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, पदाधिकारी बैठकमा के भयो छलफल ?

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक भोली बस्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित हुने नेताहरुले बताएका छन्। बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको प्रवक्ता डा. […]

एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखबाट सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने भोलि गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष […]