धनगढी साउन १३(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७५र०७६ को बार्षिक प्रगती समिक्षा गोष्ठी बन्द कोठामा सम्पन्न गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारलाई समेत प्रवेशमा निषेध गर्दै समिक्षा बैठक सम्पन्न गरिएको हो। प्रदेश सरकारले गत आर्थिक बर्षमा आएको विकास बजेट समेत खर्च गर्न नसकेको भन्दै विरोध भईरहेका बेला प्रदेश सरकारले गोप्य बैठकमा समिक्षा सम्पन्न […]
सुचना प्रविधी
पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ साउन १३(ई-रैवार): मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले आज पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तर्देशीय संगठिात अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि ९पलेर्मो प्रोटोकलको मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दवाउने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने […]
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, साउन १३(ई-रैवार): राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।नतिजाअनुसार […]
निशानामा वडा कार्यालय
डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए । त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ । राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर […]
शिक्षा कार्यालयबाटै शिक्षकको राहत कोटा गायब !
भक्तपुर, साउन ७(ई–रैवार): हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको तथ्य बाहिर आएको छ। भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) लाई उपलब्ध गराएको प्राथमिक तहको सात राहत शिक्षकको कोटा शिक्षा कार्यालयबाटै गायब भएको हो। देश संघीयतामा गएर माध्यमिक तहसम्मका शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा […]
सब–ईन्जिनियरले खाएको घुस फिर्ता गराईयो
अछाम साउन ७(ई–रैवार): पूर्वाधार विकास कार्यालय साँफेबगरका सब–ईन्जिनियर रामचन्द्र यादवले उपभोक्ता समितिबाट कमिसन लिएको तीन लाख रकम फिर्ता गरेका छन्। एउटा सडक निर्माण क्रममा उपभोक्ता समितिबाट कमिसन लिएका उनले उक्त रकम फिर्ता गरेका हुन्। प्राविधिकसँग आक्रोशित बनेका केही उपभोक्ता समितिका पदाधिकारीहरुले यादवलाई नियन्त्रणमा लिएर घुस खाएको रकम फिर्ता गराएका हुन्। मंगलसेनबाट नियन्त्रणमा लिएर यादवलाई साँफेबगर […]
कृषि कलेजद्वारा विद्यार्थी संगठन खारेज
बैतडी साउन ७(ई–रैवार): बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरेको छ। कलेजले साउन ३ गते सूचना जारी गर्दै विद्यार्थी संघ संगठन र स्ववीयु खारेज गरिएको जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले सूचनामा जारी गर्दै‘यस कलेजमा दर्ता भएका राजनैतिक पार्टी आवद्ध विद्यार्थी संघ संगठनहरु ९नेवि संघ, अनेरास्ववीयू० एक आपसमा […]
विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा
काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारले ल्याएका विद्येयक अधिनायकवाद उन्मुख रहेको दावी गरे। ‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न […]
आमाकै सहयोगमा छोरीमाथिको बलात्कार
ई–रैवार समाचार, महोत्तरी साउन ६ महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी […]
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन
एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले […]


