कांग्रेस पदाधिकारी बैठक बस्दै, कार्य सम्पादन समिति बैठकका एजेण्डाबारे छलफल हुने

Spread the love

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेकाे हाे।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। यसअघि मंगलबार बसेकाे पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेकाे थियाे।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

मंगलबारकाे बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएका थिएनन्। कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।