काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गर्दा २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ६०२ र ४ हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ […]
सुचना प्रविधी
एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन
काठमाडौँ : सत्तारुढ प्रमुख राजनीतिक दलहरू अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन्। एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो। सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले […]
कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर
कञ्चनपुर : भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका तर्फबाट नगरप्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलबहादुर ऐर, भीमदत्त नगरपालिकाका तर्फबाट नगर उपप्रमुख […]
गृहमन्त्री खाँणका छ महिना : नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका गतिविधि
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको छ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ । […]
सुदूरपश्चिम प्रदेश हिमपात : हिमपातले राजमार्ग अवरूद्ध, जनजीवन प्रभावित
धनगढी : उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो। हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुदाँ दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात […]
कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई
काठमाडौँ : नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि […]
डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने
डोटी : डोटीमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाले संचालन गरेको बसमा पत्रकारहरुले नि:शुल्क यात्रा गर्न पाउने भएका हुन् । नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुख मञ्जु मलासीलाई नगरबसमा भाडा छुट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । परिचयपत्र बोकेका क्रियाशील पत्रकारहरुलाई आजकै मितिबाट नगरबसमा गाडी भाडा छुट […]
नेपालमा आज ३१७५ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं : नेपालमा आज थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षणगर्दा ४३३ जनागरी ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
शिखर नगरपालिकाका वालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा थप
डोटी : शिखर नगरपालिका डोटीले नगरपालिका भित्रका वालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा थप गरेर पन्द्र हजार पुगाएको छ । नगरपालिकाको दशौं नगर सभावाट सेवा सुविधा वढाउने निर्णय भएको हो । शिखर नगरपालिकाका सुचना अधिकारी एवं शिक्षा शाखा प्रमुख शेर वहादुर कार्काीले माघ १ गते देखि थप सेवा सुविधा पाउने गरि निर्णय भएको वताएका […]
एमसिसी पास गर्न निजी क्षेत्रको माग
काठमाडौँ : राजनीतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेको बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा देखिएको छ। एमसिसी परियोजनालाई दलहरूले अनावश्यक राजनीतीकरण गरेको निजी क्षेत्रको बुझाइ छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर […]


