काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।
नेता महत कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित भएपछि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। महत यसअघि कांग्रेस सहमहामन्त्री थिए। यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए। शर्मा अहिले कांग्रेस महामन्त्री छन्।


