प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरामाथि लगाइए २१ आरोप

Spread the love

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ । ९८ जना सांसदहरुले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट आइतबार संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको नेकपा (माओवादी केन्द्र) का सचेतक देव गुरुङले जानकारी दिए ।

प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठलगायत नेताहरू संसद् सचिवालय पुगेका हुन् ।

महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधा,निक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न उनी अक्षम रहेको आरोप लगाइएको छ ।

यसैगरी सर्वोच्च अदालत लगायत न्यायापालिकाभित्र नै उनको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको महाअभियोग प्रस्तावमा उल्लेख छ ।