एमसिसीबारे निर्णय गर्न फोनमार्फत प्रचण्डको ओलीलाई आग्रह

एमसिसीबारे निर्णय गर्न फोनमार्फत प्रचण्डको ओलीलाई आग्रह
Spread the love

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बिहिवार साँझ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् ।

फोनवार्तामार्फत दहालले ओलीलाई एमसिसीबारे आवश्यक निर्णय लिन आग्रह गरेको एमाले स्रोतले जनाकारी दिएको छ । प्रचण्डले ओलीलाई फोनमार्फत एमसिसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रचण्डले एमसिसीबारे एमालेले निर्णय नगरी नहुने अवस्था सिर्जना भएको बताएको उनले जनाए ।

ओलीले एमालेकै लाइनअनुसार पहिले सत्तारूढ दल नै निर्णयमा पुग्न आग्रह गरेका छन् । रिजालका अनुसार ओलीले प्रचण्डलाई सत्तारूढ दलले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिएको र हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै भएको भेटिएको जवाफ दिएका छन् ।

ओलीको भनाइ उद्धृत गर्दै रिजालले अगाडी लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

एमसिसीबारे सत्तारूढ दलहरूभित्र तीब्र मतभेद छ । काङ्ग्रेस र प्रधानमन्त्री देउवा एमसिसी सदनबाट पारित गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्र र नेकपा(एस)भित्र अझै निर्णय भइसकेको छैन् । अधिकांश नेताहरू एमसिसीको पक्षमा छैनन् ।