सुचना प्रविधी

रुख कटानको सहमति नपाउँदा महाकाली कोरिडोरको काम प्रभावित

कञ्चनपुर : महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ ।  ‘ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक […]

एमसीसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा. महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने,’कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौं भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’ उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका […]

आजको संसद बैठकमा एमसीसी पेश नहुने सहमति, सत्ता गठबन्धनको अर्को बैठक ८ गते बस्ने

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल सकिएको छ । बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भएको बताएका छन् । आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे […]

धानबालीमा क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा

काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको […]

बडिकेदारका कर्मचारीका पक्षमा उभिए चार संगठन, राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने वातावरण बनाउन आग्रह

धनगढी : डोटीको बडिकेदार गाउँपालिका जिम्मेबार पदाधिकारीहरुले नै फर्जी बिल भर्पाइका साथै नियमविपरीत काम गर्न कर्मचारीलाई दबाद दिने गरेको कुरा बाहिरिएको छ । जिम्मेबार पदाधिकारीबाटै फर्जी बिल भर्पाइ बनाई भुक्तानी लिन कर्मचारीलाई दबाब दिँदै आएका छन् । कर्मचारीले कानुन बमोजिम प्रक्रिया पुगेका बाहेकका अन्य विल भर्पाइको भुक्तानी नहुने भनेपछि जिम्मेबार पदाधिकारीहरुले नै कर्मचारीलाई गाली गलौच […]

अनेरास्ववियुद्वारा एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो । झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी […]

मन्त्रिपरिषद बैठक आज २ बजे बस्दै, एमसीसी बारे विशेष छलफल हुने

काठमाडौं : मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिएका हुन । बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका […]

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

टीकापुर : कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनकै नाममा छ। झरनाको जग्गा, घर सबै उनको नाममा छ। झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्छन्। भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ। झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्छिन् तर सम्पत्ति किनबेच गर्दा श्रीमानकै निर्णय अन्तिम हुन्छ।  “मेरो नाममा सबै सम्पत्ति छ, तर […]

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, सत्ता गठबन्धन बैठक ५ बजेलाई सर्‍यो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो । बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच […]