काठमाडौं : माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस […]
सुचना प्रविधी
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बिहीबार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एव नेपाली कांग्रेस सभापति देउवालाई भेट्न उनी बालुवाटार गएका हुन । प्रधानमन्त्रीका सञ्चार प्रमुख गोविन्द परियारका अनुसार अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् । […]
एकीकृत समाजवादीका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दै छ । एकीकृत समाजवादीको आज बस्ने बैठकले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिएका हुन । आज शीर्ष नेताको […]
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई काँग्रेसको निर्देशन
काठमाडौं : नेपाली काँग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल […]
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले माग्यो झन्डै ९ अर्ब रुपैयाँ
काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिब ९ अर्ब रुपैयाँ मागेको छ । आयोगको सोमबारको बैठकले स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो । विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरिएको आयोगले जनाएको । मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा कर्मचारीलाई उपलब्ध […]
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । एकीकृत समाजवादीले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। आज बसेको पार्टी सचिवालयको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका […]
पौडेल र प्रचण्ड बिच भेटघाट : एमसीसीका कारण गठबन्धन टुट्दैन- प्रचण्ड
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटघाट गएको छ । सोमबार सिंहदरबारमा कांग्रेस वरिष्ठ नेता पौडेलसँग भएको भेटमा प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । […]
टिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
बैतडी : बैतडीमा टिपर दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर बैतडीको पाटन दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले दिएको जानकारी अनुसार बैतडीको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ […]
८ जना जुवाडे पक्राउ
कञ्चनपुुर : कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका अनुसार आइतबार जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय […]
एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइयो, एमसीसीबारे रणनीति तय गर्ने
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गरिएपछिको रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो १ बजेपछि बैठक बस्ने तयारी भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका विषयमा पार्टीको धारणा तय गर्ने उनले बताए । सत्तासाझेदार दल एकीकृत समाजवादीको यही फागुन ७ गते बसेको […]


