सुचना प्रविधी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज राति १२ बजेदेखि लागू हुने

काठमाडौँ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य […]

एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय नेपालको सार्वभौम निर्णय : अमेरिका

काठमाडौँ : अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको छ । अमेरिकाले एमसीसी सँगको ५०० मिलियन डलर अमेरिकी डलर अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको हो । चीनले शुक्रबार अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको […]

एमाले अध्यक्ष अ‍ोलीको चेतावनी : ‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका अ‍ोलीले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् । भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको […]

एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, यथास्थितीमा पारित गर्न नसक्ने

काठमाडौँ : सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्‌मा दर्ता भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग […]

‘ऊर्जामा पहुँच विस्तारमा नवीकरणीय ऊर्जा अनुदान नीति’

काठमाडौं : नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवर्द्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा ऊर्जा सेवाको न्यूनतम आधारभूत आवश्यकतालाई सुनिश्चित गर्न सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति २०७८ ल्याएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पारित गरेको यस नीतिमा विशेष क्षेत्र वा […]

डेढ महिनापछि बैतडीको हवाई सेवा पुनः सञ्चालनमा

बैतडी : डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र यात्रु नपाउँदा डेढ महिनादेखि बन्द रहेको हवाई सेवा सञ्चालनमा आएको समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्टले जानकारी दिए । उनले भने, ‘यात्रु अभाव र […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार एमसीसीबारे ठोस निर्णय गर्न नयाँ बानेश्वरस्थित अर्याल होटलमा बिहान ११ बजेपछि बैठक बस्ने भएको हो । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको […]

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं : आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले […]

राजनीतिमा मुलुकले ठूलो फड्को मारेकाे प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।  उनले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक […]

समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी हुन् […]