सुचना प्रविधी

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

दार्चुला : दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दार्चुलाको व्याँस गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हुतीले ट्याक्टरमा सवार बझाङको बित्थडचिर गाउँपालिका–२ का २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको जनाइएको छ । गए राति करिब साढे ११ बजे दोखटबाट डोबतर्फ जाँदै गरेको से२त […]

माओवादी केन्द्रमा बढ्यो मतभेद : सात सांसद कारबाही दायरामा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको निर्णयविपरीत संसद्बाट एमसिसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र मतभेद सुरु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट जस्ताको तस्तै पास गर्न नहुने आवाजलाई बेवास्ता गरेको भन्दै मतभेद भएको हो। पार्टी अध्यक्ष दाहालले पनि एमसिसी सम्झौतालाई लिएर पार्टीमा विवाद रहेको स्वीकार गरेका छन्। […]

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच फोन संवाद

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई जना बीचमा मंगलबार राति कुराकानी भएको हो । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवासँग टेलिफोन संवाद […]

कांग्रेस कैलाली सभापतिको मतदान फेरी सर्‍यो

धनगढी : नेपाली कांग्रेस कैलाली सभापतिको मतदान फेरी सरेको छ । कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको मतदान पुनः सरेको हो। निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिएका हुन । निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ […]

भारतीय आयल कर्पोरेसनले बढायो पेट्रोलियम पदार्थको मूल्य, फेरि मूल्य वृद्धि हुने

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको हो । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको […]

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो, संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा

सर्खेत : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् […]

बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ। संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेका हुन। महासचिव डा. गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् । यस्तै सँस्कृति, पर्यटन तथा नागरिक […]

एमसीसी अनुदान : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

काठमाडौं : नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पुर्‍याउन भने कडा मिहिनेत गर्नुपर्ने हुनसक्छ । कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन ४०० केभी क्षमताको हुनेछ । त्यसमा ८५६ टावर निर्माण […]

संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु भेटियो

काठमाडौं : संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको बताए । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको […]

काँग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

धनगढी : नेपाली काँग्रेस कैलालीको मतगणना आज ११ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार चुनावको मत गणना काँग्रेसको जिल्ला पार्टी कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको हो। धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन […]