संसद बैठक आईतबार सम्मका लागि स्थगित

संसद बैठक आईतबार सम्मका लागि स्थगित
Spread the love

काठमाडौं : प्रतिनिधिसभा (संसद) बैठक फेरि स्थगित भएको छ । संसद बैठक सूचना टाँसेर आईतबार सम्मका लागि स्थगित भएको हो ।

आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । बिहीबार पनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । सत्तारुढ दलमा नै एमसीसीका विषयमा विमति रहँदै आएको छ । एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादु्र देउवाले प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल थालेका छन् ।