सुचना प्रविधी

कोरोना विरुद्ध लड्न भारतले दियो २३ टन औषधि

काठमाण्डौं वैशाख १०(ई-रैवार) भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् । भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज […]

प्रधानमन्त्री अध्यादेशको बचाउमा, प्रचण्ड मौन

काठमाण्डौं वैशाख १०(ई-रैवार) बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए । बालुवाटारमा प्रचण्डलाई समेत साक्षी राखेर प्रधानमन्त्री ओलीले नेकपाका सांसदहरूसँग प्रदेशगत रुपमा सामूहिक छलफल प्रारम्भ गरे । हरेक प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटारमा बोलाएर अध्यक्षद्वयले समूहगत छलफल गरेका हुन् । छलफलको सुरुवात सुदुरपश्चिमका सांसदहरूबाट भएको छ । काठमाडौंमा […]

नेपालमा कोरोना संक्रमित ४५ जना पुगे

काठमाण्डौं वैशाख १०(ई-रैवार) नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्ष ४५ पुगेको हो । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको […]

उदयपुरमा मात्रै २२ जना कोरोना संक्रमित, नेपालमा ४० पुगे

काठमाण्डौं वैशाख ९(ई-रैवार) उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न […]

नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण

काठमाण्डौं वैशाख ८ (ई-रैवार) सोमबारसम्म देशभरी ३३ हजार पाँचसयभन्दा बढी व्यक्तीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए। उनले पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय […]

स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

काठमाण्डौं वैशाख ७(ई-रैवार) शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका छन् । मन्त्रालयले शुक्रबार नै पत्र काटेको थियो । तर, उनले आइतबार मात्र पत्र बुझेको […]

महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

काठमाण्डौं वैशाख ६(ई-रैवार) कोभिड-१९को महामारीका बेला यसको उपचारमा खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनलाई सरकारले स्पष्टिकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई सञ्चारमाध्यममा दिएको धारणामाथि प्रश्न उठाउँदै मन्त्री ढकालले स्पष्टिकरण सोधेका छन् । ‘स्पष्टिकरण पत्र आएको छ। आइतबार स्पष्टिकरणका […]

सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

काठमाडौं वैशाख ६(ई-रैवार) नेपालको दोस्रो कोभिड-१९ संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् । २७ दिनको उपचारपछि शनिवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर उनी डिस्चार्ज भएकी हुन् । चैत १० गते उनमा संक्रमण पुष्टी भएको थियो । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी […]

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

काठमाण्डौं वैशाख ५: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् […]

कोरोना महामारीमा सरकार गम्भीर बनेन:महर

धनगढी वैशाख ५(ई-रैवार) नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन् । देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको पर्याप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको बताएका छन् । उनले सरकारले गर्न नसकेको काम एक्लो व्यक्ति महावीर पुनले गरिरहेको बताए । ‘महावीर पुन नेतृत्वको आविष्कार […]