काठमाण्डौँ चैत्र २२(ई-रैवार) बहराइनमा कार्यरत नेपाली नौजना कामदारमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघिपनि बहराइनमा तीनजना जना नेपालीमा कोरोना देखिएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन । बहराइनको […]
सुचना प्रविधी
अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने
काठमाण्डौँ चैत्र २०(ई-रैवार) सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना शर्तसहित खोल्नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको हो। कोरोना रोकथामका लागि लकडाउन लम्ब्याएसँगै बजारमा अत्यावश्यक वस्तुको अभाव हुनसक्ने भन्दै सरकारले यो कदम चालेको हो। […]
एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण
काठमाण्डौँ चैत्र २०(ई-रैवार) कोरोना भाइरसको संक्रमण देखिएका तीन जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छैटौं संक्रमित र यसअघि भेटिएका पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्। छैटौं र पाँचौ […]
नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी
काठमाण्डौँ चैत्र २०(ई-रैवार) नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेकी छिन्। उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ। उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन। यसअघि पाँचौ संक्रमित पनि बागलुङकै थिइन्। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्। यो सहित कतार एयरबाट ४ गते नेपाल आउने […]
नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन
काठमाण्डौँ चैत्र १७(ई-रैवार) कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो। हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना शंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन। कोरोनाको आशंकामा काठमाडौंमा […]
नेपालमा थप आठदिन ‘लकडाउन’ हुने
काठमाण्डौं चैत्र १६(ई-रैवार) नेपाल सरकारले अझैँ थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । […]
सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने
काठमाण्डौं चैत्र १६(ई-रैवार) सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो। भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा राखिराख्नु उपयुक्त नभएकोले उनीहरुलाई नेपाल भित्रिन दिने निर्णय भएको हो। सीमा नाका बन्द भएका कारण […]
क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने
काठमाण्डौं चैत्र १६(ई-रैवार) क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो। कोरोना उच्चस्तरीय समिति तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले सञ्चालन गर्ने र संक्रमति व्यक्ति आएर सूचना नदिने, क्वारेन्टाईनबाट भाग्ने, लुकेर बस्ने जति सम्पर्कमा आउन […]
बागलुङमा भेटिईन कोरोना संक्रमित
बागलुङ चैत्र १५(ई-रैवार) बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल […]
प्रधानमन्त्री अस्पताल भर्ना
काठमाण्डौं चैत्र १४(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको र साँझसम्म डिस्चार्ज हुने बताए। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका उनको स्वास प्रस्वासमा समस्या आएको अस्पताल स्रोतले बतायो।


