सुचना प्रविधी

अवेर राती राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

काठमाडौँ वैशाख १४(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको स्रोतले जानकारी दियो । यसअघि ११ वैशाखमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो […]

आईतवार तिन जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, वैशाख १४ (ई-रैवार) नेपालमा  आईतवार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार पर्साको वीरगञ्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुष तथा झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। कोरोना संक्रमित वीरगञ्जकाका ४९ र ५५ वर्षीय पुरुषलाई […]

थप १० दिन लकडाउन, वैशाख २५ गतेसम्म रहने

काठमाण्डौं वैशाख १४(ई-रैवार) लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ। आईतवार बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। […]

डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन

काठमाण्डौं वैशाख १४(ई-रैवार) सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु आईतबार महानगरीय प्रहरी परिसर टेकु पुगे । जसमा तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ हिसिला यमी लगायतका नेताहरु टेकु पुगेका थिए । उनीहरु कपरब डेढ घण्टा प्रहरी रिसरमा बसिरहे […]

वीरगञ्जमा थप दुईजनामा कोरोना देखियो

वीरगन्ज वैशाख १४(ई-रैवार) : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि […]

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज वैशाख १४(ई-रैवार) र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने […]

विवादित दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं वैशाख १२(ई-रैवार) सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी विवादपछि शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी […]

संचारकर्मीको अवस्थाप्रति सरकारलाई प्रेस युनियनको ध्यानाकर्षण

काठमाण्डौं वैशाख १२(ई-रैवार) जारी कोभिड–१९ को महामारी र त्यसबाट बच्न लगाईएको लकडाउनका बेला नेपाली सञ्चारक्षेत्रमा सिर्जना भएका समस्याहरुप्रति नेपाल प्रेस युनियनले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले शुक्रबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । विज्ञेप्तिमा नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको […]

विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी

काठमाण्डौं वैशाख ११(ई-रैवार) समाजवादी पार्टी विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि ४० प्रतिशत सांसद पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गराउन सकिनन् । समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश […]

पत्रकार महासंघका महासचिवको नेतृत्वमा अनुगमन र संघर्ष

काठमाडौं वैशाख ११(ई-रैवार) नेपाल पत्रकार महासंघले दबावपूर्ण तरिकाले बेतलबी बिदाको क्रम रोक्न एवं पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानीका लागि अनुगमन र संघर्ष गर्न महासचिव रमेश विष्टको नेतृत्वमा समिति गठन गरेको छ । आगामी सातादेखि अनुगमन थाल्ने सो समितिले त्यसलगत्तै संघर्षमा जानेछ । ‘श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी […]