सुचना प्रविधी

धनगढीमा परिक्षण गर्दा कर्णालीका दुईजनाका कोरोना संक्रमण

धनगढी वैशाख ४(ई-रैवार) धनगढीमा परिक्षण गरिएकामध्ये दुईजनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । स्रोतका अनुसार सुर्खेतबाट ल्याईएका ९९ वटा थ्रोट स्वावको नमूना परीक्षणका क्रममा दुईजनामा कोभिड- १९ को संक्रमण देखाएको हो। उनीहरु दुबै जना रुकुम पश्चिमका भएको प्रयोगशाला स्रोतले बताएको […]

कोभिड–१९ सन्दर्भमा पत्रकार महासंघद्वारा डिजिटल सम्वाद

काठमाडौं वैशाख २(ई-रैवार) नेपाल पत्रकार महासंघले कोभिड–१९ महामारी सन्दर्भमा डिजिटल सम्वाद शुरु गरेको छ । महासंघको केन्द्रीय समितिले महासंघको डिजिटल मिडिया समितिको संयोजनमा मंगलबार पहिलो पटक डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ । संवादका क्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले जारी कोभिड–१९ महामारीमा पत्रकारहरु अग्रपङ्तीमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताए । उनले भने,‘विषम परिस्थितिमा […]

वैशाख १५ सम्म लकडाउन थपियो

काठमाण्डौं वैशाख २ (ई-रैवार) सरकारले नेपालमा थप दुईसाता लकडाउनको निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को निर्णयले बैशाख १५ गतेसम्म लागुहुनेगरी लकडाउन थपेको हो ।

रौतहटका एकजनामा कोरोना भेटियो, नेपालमा १४ पुगे

धनगढी वैशाख १(ई-रैवार) रौतहटमा कोरोनाका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो। उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी वृद्धामा पनि कोरोना संक्रमण भएको पनि मन्त्रालयले पुष्टी गरेको छ। उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको कन्ट्रयाक […]

मुस्लिम धार्मिक सभामा आएका तीनजना भारतीयमा कोरोना

वीरगञ्ज चैत्र ३०: पर्साको वीरगञ्जमा तीनजना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो […]

धमाधम पीपीई र उपचार सामाग्री वितरण गर्दै चौधरी फाउन्डेसन

नवलपरासी चैत २८ (ई-रैवार) कोरोनाभाइरस रोग (कोभिड-१९) रोकथाम र उपचारका लागि चौधरी फाउन्डेसनले ठूलो संख्यामा नागरिक आवतजावत हुने भारतसँगका सीमावर्ती प्रदेशमा आफ्नो ध्यान केन्द्रित गरेको छ । यसक्रममा फाउन्डेसनले त्यस्ता स्वास्थ्य केन्द्र छनोट गरेको छ, जहाँ न्यूनतम पूर्वाधार र दक्ष जनशक्ति छन् । त्यस्ता जनशक्तिलाई सहज र निर्भयका साथ स्वास्थ्य उपचारमा उत्प्रेरित गर्नका लागि सुरक्षा […]

चौधरी फाउन्डेसनद्वारा एकहजार पिसिआर हस्तान्तरण

काठमाण्डौं चैत्र २८(ई-रैवार) कोरोनाभाइरस रोग (कोभिड-१९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप चौधरी फाउन्डेसनले निजी क्षेत्रको तर्फबाट पहिलोचोटि सरकारलाई एकहजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोभिड-१९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति […]

‘महामारी रोकथाममा सरकार गम्भिर बनेन’

धनगढी चैत्र २७(ई-रैवार) नेपाली कांग्रेसको भातृसंस्थाका पूर्वअध्यक्षहरुले सरकार कोभिड–१९को महामारी रोकथाममा गम्भिर नभएको भन्दै आपत्ती जनाएका छन् । नेविसंघ र तरुण दलका पाँचजना पूर्वअध्यक्षहरुले संयूक्त प्रेस विज्ञप्ति निकाल्दै सरकारको आपत्ती जनाएका हुन् । विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी फैलिएको तीनमहिना बित्दासमेत सरकार सोप्रति संवेदनशिल नभएको पूर्वअध्यक्षहरुको आरोप छ । उल्टो विश्व आक्रान्त बनेका बेला परीक्षण […]

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

दिपायल चैत्र २३(ई-रैवार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ । मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण […]

संकटमा पत्रकारः विशेष राहत प्याकेजको माग

धनगढी चैत्र २२(ई-रैवार) यतिबेला पुरै विश्व नोवेन कोरोनाभाईस(कोभिड–१९)को महामारीको चपेटामा छ । नेपालपनि यसको सन्त्रासबाट बिमूख छैन् । हालसम्म नौजनामा यसको संक्रमण पुष्टी हुँदा नेपालमै पहिलोपल्ट धनगढीमा एकव्यक्तीबाट अर्कोको संक्रमण भएको पुष्टी भईसकेको छ । तीब्र संक्रमण हुने यो भाईरसले विश्व त्रसित हुँदा त्यसको प्रभाव नेपालमा पनि नबड्ला भन्न सकिन्न । विश्व परिबेशको विश्लेषण गर्दा […]