नेपालमा कोरोना संक्रमित ४५ जना पुगे

नेपालमा कोरोना संक्रमित ४५ जना पुगे
Spread the love

काठमाण्डौं वैशाख १०(ई-रैवार)
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्ष ४५ पुगेको हो ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।
मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।