अवेर राती राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

अवेर राती राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा
Spread the love

काठमाडौँ वैशाख १४(ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको स्रोतले जानकारी दियो ।

यसअघि ११ वैशाखमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि ओलीले राष्ट्रपतिलाई भेटेका थिए ।