काठमाण्डौं वैशाख १४(ई-रैवार)
लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।
आईतवार बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।


