विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी

विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी
Spread the love

काठमाण्डौं वैशाख ११(ई-रैवार)
समाजवादी पार्टी विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि ४० प्रतिशत सांसद पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गराउन सकिनन् ।
समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वरिष्ठ नेता अशोक राई विहान सबेरै रेणु यादवको निवासमा पुगेका थिए । सबै नेताहरु उनको घरमा पुगेपछि रेणु यादवले कुनै गतिविधि गर्न नै पाइनन् ।
समाजवादी पार्टी र राजपा नेपाल एकीकरण भएपछि दल दर्ताका लागि उपेन्द्र यादव रेणु यादवकै घरबाट निर्वाचन आयोग पुगेका थिए । उनी निर्वाचन आयोग पुग्दा अध्यक्ष भट्टराई, मुख्यमन्त्री राउत र वरिष्ठ नेता राईलाई भने त्यही छाडेर गएका थिए ।