सुचना प्रविधी

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, भर्चुअल माध्यमबाट बस्ने बैठकमा कार्यसम्पादन समिति गठन हुने

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको जानकारी दिएका हुन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको केन्द्रीय समितिको आकार ठूलो […]

अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

धनगढी : कैलाली जिल्लामा रहेको अन्तरास्ट्रिय जैविक मार्ग रूपमा रहेको बसन्ता जैविक मार्ग पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। भारतको दुधुव रास्ट्रीय निकुञ्ज देखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता बन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ । कैलालीमा २२(बाइस हजार हेक्टर) अतिक्रमण भयको हो। पछिल्लो एक दशकमा बसन्ता बनजंगल क्षेत्रमा तीब्र रुपमा मानव वस्ती विस्तार […]

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलाली : गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमती भएको हो। कैलालीको गेटा विमानस्थलको स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/७९ […]

बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाईते, तीन जनाको अवस्था गम्भीर

बैतडी : बैतडीमा यात्रु बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा आठ जना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वरजाँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस […]

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ? (अन्तिम नतिजासहित)

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । १९ पदका लागि बुधबार भएको निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहगरी ४३ उम्मेदवार सहभागी भएका थिए । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख […]

नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा आज थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनागरी ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य […]

सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार १ हजार ४ सय ८५ जनाको एन्टिजेन र ३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा आज ६१४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय अनुसार आज कोरोना संक्रमण पुष्टि भएकामध्ये १०४ जना भारतबाट फर्केका नागरिक छन्। आज सुदूरपश्चिमका […]

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै उम्मेदवार विजयी

धनगढी : सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ […]

घट्यो नेपालको जनसंख्या वृद्धिदर, किन पुगेन तीन करोड ?

काठमाडौँ : नेपालको जनसंख्या वृद्धिदर घटेको छ । तथ्यांक विभागले बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भनेर धेरैले ‘तीन करोड नेपाली जनता’ भनिदिन्थे। २०७८ मा हुने […]

सुदूरपश्चिममा थप ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५४७ जनाको कोरोना परिक्षण गर्दा एन्टिजेन बिधिबाट १ हजार १८४ जाँच गर्दा ३२६ र पीसीआर बिधिबाट ३६३ जाँच गर्दा २२४ जनागरी ५५० जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकामध्ये […]