नेपालमा आज ३१७५ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

Spread the love

काठमाडौं : नेपालमा आज थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षणगर्दा ४३३ जनागरी ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । आज ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ ।

यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।