सुचना प्रविधी

स्थानीय निर्वाचनको तयारीमा जुट्यो सरकार, चारवटै सुरक्षा निकायलाई सुरक्षा र बन्दोबस्तीको खाका पेस गर्न निर्देशन

काठमाडौँ : सरकारले आसन्न स्थानीय चुनावका लागि सुरक्षा तथा बन्दोबस्तीको तयारी थालेको छ । चुनावको मिति घोषणा भइनसके पनि निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आगामी जेठ ४ लाई केन्द्रमा राखेर चुनावी तयारीमा सरकार जुटेको हो ।  केन्द्रीय सुरक्षा समितिको बैठकले एकै चरणमा स्थानीय चुनाव गर्ने लक्ष्यसहित बुधबार सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई […]

विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले नगदसहित पुरस्कृत गर्ने

काठमाडौं : सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन […]

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडी : बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ ।  गत पुस १६ गते बैतडी–धनगढी  उडान भए पनि त्यसपछि बन्द रहेको हो ।  साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।    नियमित रुपमा  उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले […]

सातवटै प्रदेशमा मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना, चिसोबाट जोगिन आग्रह

काठमाडौं : सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्ने मौसमविद्ले बताएका हुन्। बिहीबारदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। पश्चिमी वायू सक्रिय हुँदा वर्षा हुने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का […]

एमालेले राष्ट्रियसभा अध्यक्ष पनि गुमाउने खतरा !

काठमाडौँ-दुई पटक संसद विगठनपछि सत्ता गुमाउँदै ओरालो लागेको नेकपा (एमाले)को यात्रा राष्ट्रियसभा निर्वाचनसम्म पनि निरन्तर रह्यो । बुधवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा एमालेले आफ्ना सात सिट गुमाएको थियो । यसअघि राष्ट्रिय सभामा एमालेका २४ जना सांसद थिए । अब सातजना घटेर १७ कायम रहनेछन् । एमालेका नेताहरूले आफ्नो गुमाउने यात्रा यहीँ निर्वाचनमा रोकिएको बताउने गरेका छन् […]

क्यानको साधारणसभा फागुन दोस्रो साता हुने, राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आगामी फागुनमा धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आज भैरहवामा सम्पन्न बोर्ड बैठकले वार्षिक साधारणसभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको हो । क्यानका अनुसार साधारणसभामा उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ। यसअघि उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएकाले […]

म्याद थप्दा पनि बनेन खप्तडमा आवास गृह, भवन अभावमा पर्यटक चिसोमा रात बिताउन बाध्य

बझाङ : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यात्रुको सहज आवास सुविधाका लागि निर्माण गर्न लागिएका भवनहरू दुई वर्ष बित्दासमेत बन्न सकेका छैनन् । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र छन्,’ डोटीबाट खप्तड प्रवेशमार्ग झिग्रानामा होमस्टे सञ्चालन गरिरहेका व्यवसायी […]

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, प्रजिअ शर्मा भन्छिन्- जानकारी छैन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन् । युवा संघले भक्तपुर बालकोटस्थित […]

सुदूरपश्चिम प्रदेशमा थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६०६जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामध्ये १०० जना भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिम प्रदेशका […]

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं : नेपालमा आज थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनागरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य […]