शिखर नगरपालिकाका वालविकास शिक्षक र कर्मचारीको सेवा सुविधा थप

Spread the love

डोटी : शिखर नगरपालिका डोटीले नगरपालिका भित्रका वालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा थप गरेर पन्द्र हजार पुगाएको छ । नगरपालिकाको दशौं नगर सभावाट सेवा सुविधा वढाउने निर्णय भएको हो ।

शिखर नगरपालिकाका सुचना अधिकारी एवं शिक्षा शाखा प्रमुख शेर वहादुर कार्काीले माघ १ गते देखि थप सेवा सुविधा पाउने गरि निर्णय भएको वताएका हुन । नगरपालिकाको सेवा सुविधा थप गर्ने निर्णयले नगरपालिका वालविकास शिक्षक र कर्मचारी खुसी भएका सुचना अधिकारी कार्कीले वताए ।

शिखर नगरपालिका भित्र सत्तरी वालविकास शिक्षक रहेका छन भने सत्तरी विद्यालय कर्मचारी रहेका छन । वालविकास शिक्षक र कर्मचारीका लागि नेपाल संघिय सरकारवाट ८ हजार सेवा सुविधा पाउने गर्दछ भने नगरपालिकाले थप ७ हजार गरेर पन्द्र हजर प(याएको हो ।

वालविकास शिक्षक र कर्मचारीले न्युनतम सेवासुविधामा काम गरिरहेको पिरमर्कालाइ मध्यनजर गर्दै नगरपालिकाले सेवा सुविधा वढाउने निर्णय गरेको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले वताए । वालविकास शिक्षक र कर्मचारीका लागि कानुन अनुसार कम्तिमा दैनिक ज्याला पर्ने गरि संघिय सरकारले सेवा सुविधाको व्यवस्था गर्नु पर्ने नगर प्रमुख जोशीले वताए ।

त्सैगरी दशौं नगर सभाले नगरपालिका भित्र रहेका सवै महिला स्वयम सेविका र आमा समुहलाइ मासिक ५ सय सेवा सुविधा दिने निर्णय गरेको छ । नगरपालिकाले गरेको निर्णयले महिला स्वयम सेविकाको मासिक खर्च र आमा समुहको निरन्तर मासिक वैठक वस्नमा यस्ले सहयोग पुग्ने शिखर नगरपालका डोटीका स्वास्थ्य साखा प्रमुख हरिष शाहले वताए ।

शिखर नगरपालिका डोटीमा जिल्लाकै सवै भन्दावढी वालविकास शिक्षक र विद्यालय कर्मचारी रहेका छन ।