पर्यटन

महिला श्रमिकलाई अल्पकालीन रोजगार

काठमाडौँ, कात्तिक २५ (ई-रैवार) नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको हो । यसबाट उनीहरुको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्नका लागि […]

तराई-मधेसमा छठको रमझम

जनकपुरधाम, कात्तिक २४ (ई-रैवार)  जनकपुरसहित देशका विभिन्न स्थानमा हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी आज छठपर्व मनाइँदै छ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। जनकपुरको पोखरी र जलाशयमा श्रद्धालुहरू मंगलबार रातिदेखि नै पूजा सामग्री लिएर घाटमा पुगेका छन्। तर ग्रामीण भेगमा भने आज दिउँसो र साँझ […]

सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २४ (ई-रैवार) छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा […]

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

कैलाली, कात्तिक २३ (ई-रैवार) धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो। अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार गरिन थालिएको हो। ‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका […]

तिहारपछि सुदूरपश्चिम प्रदेशका पहाडमा जात्राको रौनक

बैतडी, कात्तिक २३ (ई-रैवार)  नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो। भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ। कार्तिक शुक्ल पक्षमै  बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने […]

मन्त्री आलेले पर्यटन बोर्डका सिइओ रेग्मीलाई सोधे तीनदिने स्पष्टीकरण

काठमाडौं, कात्तिक २२ (ई-रैवार)  पर्यटनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मीलाई  स्पष्टीकरण सोधेका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकृतमाथि गरेको हातपातबारे पर्यटनमन्त्री आलेले तीनदिने स्पष्टीकरण सोधेका हुन्। उनले सोमबार लन्डनबाट फर्किने क्रममा आफूसँग ६ बोतल रक्सी लिएर आएका थिए । भन्सार अधिकृतले एक जना व्यक्तिले […]

राष्ट्रपति भण्डारी लुम्बिनीमा

लुम्बिनी, कात्तिक १४ (ई-रैवार) राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार लुम्बिनी पुगेकी छन् । राष्ट्रपति भण्डारीसँगै कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी रहेका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान बिहारको अवलोकन, मायादेवी मन्दिरमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष […]

नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने

धनगढी, कार्तिक ६ (ई-रैवार) नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने भएको छ । नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमको जहाँजले आइतबारदेखि उडान भर्न लागेकोे हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिए सगै आइतबारदेखि उडान भर्न […]

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

डडेल्धुरा, असोज २८  (ई-रैवार)  डडेल्धुराको उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको हो। नेपाली पात्रो अनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताएका हुन। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली […]

डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

डोटी, असोज २२ (ई-रैवार) डेउडा प्रतिष्ठान डोटीले वडा दसैँ एबं शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार दिपायल एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शेर साउदको सभापतित्वमा भएको कार्यक्रममा शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा शिखर नगरपालिकाका उपप्रमुख धौली देवी […]